चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ « Khabarhub

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः तीन हजारका स्थानमा ३० हजार र चार हजारको स्थानमा ४० हजार लेखेर सो बैंकबाट सात हजारको ठाउँमा ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए ।

बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो ।

प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउनुहुँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : १० बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६