खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला « Khabarhub

खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

पटकपटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा गुठी संस्थानले अमृता भट्टराईलाई संरक्षण तथा रेखदेखका लागि दिएको थियो । तर भट्टराईले रेखदेख गर्ने बहानामा १७ वटा अस्थायी टहरा बनाइ गुठी परिसरलाई व्यापारिक केन्द्र बनाएसँगै स्थानीय तथा सम्पदा अभियान्ताले विरोध गरेका थिए । त्यससँगै गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ ।

यसअघि गत कार्तिक ६ गते काठमाडौं महानगरले दईमाजु गुठीका जग्गा खाली गर्नका लागि अनुरोध समेत गरेको थियो ।

‘महानगरले दुईमाजु परिसरलाई व्यापारीक केन्द्र नबनाउन यसअघि पनि सुझाव दिइसकेको थियो,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भनिन्, ‘व्यापारीहरु हट्न नमानेपछि आज जबरजस्त ताला लगाएको हो’ ।

खड्गीले विभिन्न बहानामा टुँडिखेलका जग्गाहरु अतिक्रमणको चपेटामा परिरहेको बताइन् । ‘हामीले खुल्ला स्थानको संरक्षण गर्नुपर्छ, यो हाम्रो दायित्व पनि हो,’ उनले भनिन्, ‘आज दुईमाजु खाली गर्‍यौं । आगामी दिनमा टुँडिखेल पुरै खाली गरिनेछ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : ४६ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६