खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला | Khabarhub Khabarhub

खुलामञ्चमा बनाइएका टहरामा काठमाडौं महानगरले लगायो ताला


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

पटकपटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा गुठी संस्थानले अमृता भट्टराईलाई संरक्षण तथा रेखदेखका लागि दिएको थियो । तर भट्टराईले रेखदेख गर्ने बहानामा १७ वटा अस्थायी टहरा बनाइ गुठी परिसरलाई व्यापारिक केन्द्र बनाएसँगै स्थानीय तथा सम्पदा अभियान्ताले विरोध गरेका थिए । त्यससँगै गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ ।

यसअघि गत कार्तिक ६ गते काठमाडौं महानगरले दईमाजु गुठीका जग्गा खाली गर्नका लागि अनुरोध समेत गरेको थियो ।

‘महानगरले दुईमाजु परिसरलाई व्यापारीक केन्द्र नबनाउन यसअघि पनि सुझाव दिइसकेको थियो,’ काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भनिन्, ‘व्यापारीहरु हट्न नमानेपछि आज जबरजस्त ताला लगाएको हो’ ।

खड्गीले विभिन्न बहानामा टुँडिखेलका जग्गाहरु अतिक्रमणको चपेटामा परिरहेको बताइन् । ‘हामीले खुल्ला स्थानको संरक्षण गर्नुपर्छ, यो हाम्रो दायित्व पनि हो,’ उनले भनिन्, ‘आज दुईमाजु खाली गर्‍यौं । आगामी दिनमा टुँडिखेल पुरै खाली गरिनेछ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : ४६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा