अक्षय कुमार बनाउँदै हरर फिल्मको रिमेक, लिड रोलमा अनुष्का ! | Khabarhub Khabarhub

अक्षय कुमार बनाउँदै हरर फिल्मको रिमेक, लिड रोलमा अनुष्का !


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार यतिबेला बक्स अफिसमा छाइरहेका छन् । उनले यसै वर्ष ३ हिट फिल्म दिए । उनको यस वर्षको चौथो फिल्मको पनि चर्चा हुन थालेको छ ।

अब खबर आएको छ कि, उनले एक तेलुगु हिट फिल्मको रिमेक बनाउँदैछन् । जुन फिल्मलाई अक्षय आफैले निर्माण गर्नेछन् ।

भारतीय मिडियाले स्रोतको हवाला दिँदै फिल्ममा तेलुगु अभिनेत्री अनुष्का सेट्टीको पनि भूमिका रहने बताएका छन् । फिल्मको लिड रोलका लागि भूमि पेडनेकर र आर माधवन फाइनल भइसकेको जनाइएको छ ।

तेलुगु भर्सन निर्देशन गरेका अशोकले नै यो फिल्मको पनि निर्देशन गर्नेछन् । खबरका अनुसार फिल्ममा अक्षय कुमारले केमियो मात्र गर्नेछन् ।

भूमि र अक्षय कुमारले यसअघि ट्वाइलेट एक प्रेमकथा मा अभिनय गरेका थिए । अनुष्का सेट्टी फिल्म बाहुबलीमार्फत चर्चामा रहेकी थिइन् । उनी तेलुगु फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : ४२ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको