चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ « Khabarhub

चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महङ्गो मूल्यका गाडी चोरी गरी भाडामा लगाउने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौंसहितका विभिन्न ठाउँबाट स्कार्पियो, फर्च्युनर लगायतका गाडी चोरी भाडामा लगाउने मुकुन्द प्रसाद पुडासैनीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरखाको सुलिकोट–७ घर भइ काठमाडौंको गोलढुङ्गा बस्दै आएका पुडासैनीले बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कार्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राइभेट फर्च्युनर गाडी चोरी गरी भाडामा लगाउँदै आएका थिए ।

गोलढुङ्गामा आदित्य ट्रान्सपोर्ट नामक गाडी भाडामा लगाउने कम्पनी सञ्चालक गर्दै आएका पुडासैनीले गाडी चोरेर भाडामा लगाउने गरेको सूचना प्रहरीमा आएको थियो ।

प्रहरीले पुडासैनीसँगै उनले चोरी गरेर भाडामा लगाएका ३ वटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुडासैनीले चोरीका गाडीमा भाडामा लगाएर लाखौं रुपैयाँको कारोबार गर्ने गरेका थिए ।

चोरीका गाडी भाडामा लगाउने पुडासैनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : ०४ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६