व्यवसायी रुप ज्योतीविरुद्ध ठगी मुद्दा नचल्ने « Khabarhub

व्यवसायी रुप ज्योतीविरुद्ध ठगी मुद्दा नचल्ने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी अभियोगमा पक्राउ परेका व्यवसायी रुप ज्योतिविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार नभएको सरकारी वकिलको कार्यालयले अदालतमा राय दिएको छ ।

जिल्ला अदालत सरकारी वकिलको कार्यालय काठमाडौंले रुप ज्योतिविरुद्ध ठगीको मुद्दा चलाउन नमिल्ने राय जिल्ला अदालत काठमाडौंलाई दिएपछि उनीविरुद्ध मुद्दा नचल्ने भएको हो ।

जिल्ला न्यायाधीवक्ता चन्द्रकान्त खनालले मुद्दा नचलाउने निर्णय भएको र प्रहरीलाई जानकारी दिएर हिरासत मुक्त गर्न भनेको बताए ।

प्रहरीले गरेको अनुसन्धानबाट ठगीको मुद्दा चलाउन प्रमाण नपुग्ने भएको भन्दै मुद्दा नचलाउन राय दिइएको जनाइएको छ ।

सरकारी वकिलको कार्यालयले हिरासतमा रहेका व्यवसायी ज्योतिलाई रिहा गर्न समेत महानगरीय प्रहरीलाई लेखेर पठाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ०७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ