आइतवारदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने « Khabarhub

आइतवारदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी विमानस्थल सञ्चालनमा आइतबारदेखि अवरोध हुने भएको छ । भोलिदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो ।

विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ ।

यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने बताए ।

उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : १२ बजे

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८