खतरनाक दुर्घटना– घरको छानामा कसरी पुग्यो मोटरसाइकल ? « Khabarhub

खतरनाक दुर्घटना– घरको छानामा कसरी पुग्यो मोटरसाइकल ?


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा आज माथिको तस्वीर भाइरल बनेको छ ।

एउटा मोटरसाइकल गम्भीर खालको दुर्घटनामा परेको र दुर्घटना अलि अनौठो खालको भएका कारण पनि यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हुन सक्छ ।

तस्वीरका अनुसार एउटा मोटरसाइकल जस्तापाताले छाइएको घरको छानामा छिरेको देख्न सकिन्छ भने त्यही छानामा हेल्मेट लगाएका सायद मोटरसाइकल चालक र अर्का एक व्यक्तिलाई देख्न सकिन्छ ।

आखिर कसरी मोटरसाइकल घरको छानोमा पुग्यो भन्ने प्रश्न सबैले उठाएका छन् ।

सडक भन्दा तल रहेको घरमा तिब्र गतिमा रहेको मोटरसाइकल खसेको हुन सक्ने अनुमान गरिएको छ ।

मोटरसाइकल जस्तापाता बाट भित्र छिरेर अडिएको छ ।

यो दुर्घटना इलामको नेपालटारमा भएको हो । र दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले खबरहबलाई जानकारी दिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल मोड्ने क्रममा दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै