बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई « Khabarhub

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन् ।

कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारी दिए । उनले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गरे । मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिए ।

“घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पु¥याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले बाह्य पर्यटक बढाउन मद्दत पुगेको बताए ।

सो अवसरमा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित घरबासको उद्घाटन गरे । तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : २६ बजे

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो