एनआइसी एसिया बैंकले गर्‍यो पहिलो त्रैमासिकमा झण्डै २ अर्ब मुनाफा « Khabarhub

एनआइसी एसिया बैंकले गर्‍यो पहिलो त्रैमासिकमा झण्डै २ अर्ब मुनाफा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीजि क्षेत्रको सबैभन्दा आक्रामक बैकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक अर्ब ९६ लाख रुपैयाँ नाफा गरेको छ ।

पहिलो त्रैमासमा अर्ब भन्दा धेरै नाफा गर्ने नीजि क्षेत्रको दोस्रो बैंकको रुपमा देखिएको एनआइसी एसिया बैंकको वितारण योग्य नाफा भने ४४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक विवरणअनुसार एक अर्ब ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्ले आर्थिक वर्षमा ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको बैकको यसवर्ष ३४.१४ प्रतिशतले नाफा बढाएको हो ।

बैकका अनुसार गत असोजसम्ममा बैंकमा १ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ निक्षेप रहेको छ भने १ खर्ब ५८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको जनाएको छ ।

बैंकको खुद ब्याज आम्दानी करिब २ करोडले घटेको देखिएको छ । ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

गत असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ९.५१ प्रतिशत कायम भएको छ । अघिल्ल्ओ आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको आधार ब्याजदर १०.७७ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ४६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने