सन्दकपुर क्षेत्रमा अनेरास्ववियूले गाड्यो नेपालको झण्डा « Khabarhub

सन्दकपुर क्षेत्रमा अनेरास्ववियूले गाड्यो नेपालको झण्डा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्दकपुर– भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ ।

अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर