जनताको स्वास्थ्यप्रति सरकार सचेत – मन्त्री अर्याल « Khabarhub

जनताको स्वास्थ्यप्रति सरकार सचेत – मन्त्री अर्याल


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालिङ– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताएकी छिन् ।

वालिङ अस्पताल भकुण्डे र अन्नपूर्ण अस्पताल पोखराको संयुक्त आयोजनामा शनिवार वालिङमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न हरसम्भव प्रयासरत रहेको बताइन् ।

“जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने मनसायका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको हो”, उनले भनिन् । मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपाल निर्माण सम्भव नभएको उल्लेख गरिन् ।

वालिङ अस्पतालका अध्यक्ष शोभाकान्त पौडेलले शिविरमा बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञलगायत सेवा प्रदान गरिने जानकारी दिए । स्याङ्जा, पर्वत र गुल्मीका नागरिकलाई समेत पायक पर्ने भएकाले बढीभन्दा बढी सर्वसाधारणले जनताले सेवा लिन सक्ने उनले बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : २० बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति