शान्ति प्रक्रियामा आउन विप्लवलाई नेम्वाङको आह्वान « Khabarhub

शान्ति प्रक्रियामा आउन विप्लवलाई नेम्वाङको आह्वान


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् ।

झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज बोल्दै उहाँले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताए ।

“मैले यसअघि नाम उच्चारण नगरी भन्थे, आज नामै उच्चारण गर्दै भन्छु”, उनले भने, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।”

हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न आग्रह गर्दै उनले भने, “व्यक्ति मन परेन व्यक्ति फेर्नुहोस्, अहिलेका पार्टी काम लाग्दैनन् भने नयाँ पार्टी खोल्नुहोस्, तर सडकबाट हुँदैन, संसद्मा आउनुहोस् ।”

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ०४ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो