नेकपाको स्थायी कमिटी बैठक आजपनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक आजपनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार(हिजो) पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । वैठक पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बस्ने छ ।

हिजोको बैठकमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत परामर्श गरेर तयार पारेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय-अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप-चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठको प्रतिवेदन पेश गरेका थिए ।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् । राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।

उपचुनावको नतिजाले पार्टीलाई धक्का दिएको निष्कर्ष निकालेका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपचुनावमा संख्यात्मक जित भए पनि उत्साहजनक नरहेको निचोड निकालिएको छ ।

हिजोको बैठकमा पार्टी महासचिव विष्णु पौडेलले विधान संसोधन प्रस्ताव पेश गरेका थिए । यस अघि मंसिर १८ गते बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष पद सिर्जना गर्ने र पार्टीको दीर्घकालीन रणनीति के हुने भन्ने स्पष्ट गरी विधान संसोधन प्रस्ताव पारित गरेको थियो । त्यही प्रस्ताव स्थायी कमिटीमा पेश भएको हो । केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि संसोधित विधान लागू हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : ४८ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार