नेकपाको स्थायी कमिटी बैठक आजपनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक आजपनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार(हिजो) पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । वैठक पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बस्ने छ ।

हिजोको बैठकमा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत परामर्श गरेर तयार पारेको प्रतिवेदनमा प्रचण्डले राष्ट्रिय-अन्ताष्ट्रिय राजनीतिक अबस्था, सरकारको काम, उप-चुनावको समीक्षा र आगामी ६ महिने कार्ययोजनालगायतका सात शीर्षकमा ११ पृष्ठको प्रतिवेदन पेश गरेका थिए ।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त अवस्थामा रहेको बताएका छन् । राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नै हुन नसकेको उल्लेख गरेका प्रचण्डले पार्टीभित्र विभिन्न गुटहरु झाँगिदै जान थालेको समेत बताएका छन् । साथै, पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा रहेको पनि प्रचण्डको ठहर छ ।

उपचुनावको नतिजाले पार्टीलाई धक्का दिएको निष्कर्ष निकालेका छन् । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उपचुनावमा संख्यात्मक जित भए पनि उत्साहजनक नरहेको निचोड निकालिएको छ ।

हिजोको बैठकमा पार्टी महासचिव विष्णु पौडेलले विधान संसोधन प्रस्ताव पेश गरेका थिए । यस अघि मंसिर १८ गते बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष पद सिर्जना गर्ने र पार्टीको दीर्घकालीन रणनीति के हुने भन्ने स्पष्ट गरी विधान संसोधन प्रस्ताव पारित गरेको थियो । त्यही प्रस्ताव स्थायी कमिटीमा पेश भएको हो । केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि संसोधित विधान लागू हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ८ : ४८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा