धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला « Khabarhub

धनुषामा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–धुनषामा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएको थियो । त्यसपछि पनि जनकपुरको विभिन्न स्थानमा बम भेटिभएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति शंकास्पद बस्तु फेला परेपछि सोमबार(आज) बिहान सेनाको टोलीले निष्कृय पारेको छ ।

संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो छेउमा आइतबार राति ९ बजे शंकास्पद बस्तु भेटिएको थियो । जसलाई सेनाको टोलिले केहीबेर अघि मात्र निष्कृय पारेको छ । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालिर राखिएको थियो ।

उक्त बम डिस्पोज गरेसँगै अर्को शंकास्पद वस्तु पनि फेला परेको छ ।

प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माध्यामिक विद्यालय नजिक सडकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि सुरक्षाकर्मीले त्यसबारे अनुसन्धान गरिरहेका छन् । उक्त शंकास्पद बस्तु डिस्पोजको तयारी गरिएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर बजार स्थित राजेश साहको घरको गेटमा राखेको बम शुक्रबार राति विस्फोट हुँदा प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालसहित तीन जनाको ज्यान गएको थयो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाँका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : १६ बजे

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,