नेकपा स्थायी कमिटी बैठक– सचिवालयलाई ११ सदस्यीय बनाउन माग « Khabarhub

नेकपा स्थायी कमिटी बैठक– सचिवालयलाई ११ सदस्यीय बनाउन माग


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी सचिवालयलाई ९ सदस्यीबाट ११ सदस्यीय बनाउन माग उठेको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय सदस्यको संख्या बढाएर ११ पु¥याउनुपर्ने माग अगाडि सारेकी हुन् ।

सचिवालयमा सबैजना पुरुष सदस्य मात्रै भएको भन्दै नेतृ शाक्यले २ जना महिलालाई थपेर ११ सदस्यीय सचिवालय बनाउन माग गरेकी हुन् ।

आइतबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सोमबारदेखि राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको हो ।

सोमबार बैठक जारी रहँदा ९ जना नेता (स्थायी समिति सदस्य)हरुले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नी सापकोटा, योगेश भट्टराई, गणेश साहलगायतले आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : २० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली