विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि « Khabarhub

विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गएराति १०:२५ मा हृदयाघातका कारण निधन भएका बोर्ड अध्यक्ष भट्टराई र शनिवार आफ्नै घरमा मृत भेटिएका कलाकार क्षेत्रीको सोमवार (आज) अन्त्यष्टि गरिएको हो ।

नेपाल सरकारका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनका लागि कलाकारको उल्लेख्य सहभागिता थियो ।

दीपक क्षेत्री लामो समयदेखि बिरामी थिए । स्वास्थ्यमा समस्या देखिए पनि आर्थिक अभावका कारण उनले उपचार गराउन पाएका थिएनन् ।

बिरामी भए पनि उनले फिल्ममा भने काम गरिरहेका थिए । दीपक शनिवार आफ्नै निवासमा मृत भेटिएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्म क्षेत्रको विकासका लागि निरन्तर लागिपरेका थिए । उनी ८ महिनाअघि चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा नियुक्त भएका थिए ।

अध्यक्ष पदमा नियुक्त भएपछि उनले फिल्म क्षेत्रको विकासका लागि कैयन् अवधारणा अगाडि सारेका थिए ।

दुई फिल्मकर्मीको निधन भएपछि सामाजिक सञ्जालमार्फत प्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कलाकारको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ३२ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस