स्थानीय विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

स्थानीय विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्चमा रिट


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतमा स्थानीय पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रतिनिधिसभाका सांसद प्रकाश रसाइली स्नेही, रङ्गमती शाही र राष्ट्रियसभाका सांसद प्रकाश पन्थले आज रिट दायर गरेका हुन् ।

रिट निवेदनमा सांसदलाई वितरण गर्ने रकम संविधानको मर्म विपरित भएको उल्लेख छ । मुलुकमा संविधान जारी भएर सङ्घीयताअनुरुप स्थानीय तहसमेत भइसकेको हुनाले संविधान विपरीत सरकारले स्थानीय पूर्वाधार कार्यक्रममार्फत सांसदलाई रु छ करोड दिने काम संविधानको मर्म विपरीत भएको निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा सांसदहरुले कानून बनाउनुपर्नेमा रकम वितरण गर्नु र विकासमा खर्चिनुपर्ने पैसा कार्यकर्तालाई वितरण गर्नु गैरकानूनी भएको उल्लेख छ । सुनुवाइका लागि पहिलो पेशी आगामी बुधबार तोकिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ४५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका