५० जना क्षमताको कारागारमा १ सय ५७ कैदीबन्दी ! « Khabarhub

५० जना क्षमताको कारागारमा १ सय ५७ कैदीबन्दी !


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् ।

कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए ।

पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए ।

चापागाइँले भने, “यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।”

चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको अभावले पालैपालो सुत्नु पर्ने अवस्था आएको बताए ।

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकोले विभिन्न प्रकारका समस्या आउने गरेको र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए ।

उनले कारागारमा पानी, शौचालयका साथै कैदीबन्दी बिरामी हुँदा सवारी साधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए ।

कारागारमा रहेका कैदीबन्दीहरुले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिसहरु आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

कारागारमा ५० जनाको क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : ३० बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस