वैदेशिक रोजगारी : रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु « Khabarhub

वैदेशिक रोजगारी : रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनौलो जीवन बिताउने अभिलाशामा वैदेशिक रोजगारीमा जाने महिला विदेश पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमा समेत पर्ने गरेको पाइएको छ। शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनुपर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रूप लिने खतरा बढेको नागरिक दैनिकमा खबर छ।

वैदेशिक रोजगारीमा गएका महिला समस्यामा परी फर्कंदा सेल्टर तथा परामर्श सेवा दिने गरेको पौरखी नेपालकी सचिव सत्रकुमारी गुरुङ वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम नरोकिएको बताउँछिन्। सन् २००९ यता पौरखीले वैदेशिक रोजगारीको क्रममा पीडित भएका दुई हजार पाँच सय महिलालाई आश्रय प्रदान गरेको छ। गुरुङका अनुसार तीमध्ये २३ जना विदेशमा जन्मिएका शिशुसँगै फर्केका हुन् भने ४६ जना गर्भवती भएर फर्केका थिए। विदेशमा गर्भवती भएर र सन्तानसँगै फर्केका अधिकांशको अवस्था दयनीय छ। उनीहरुलाई दैनिक गुजारामा समस्या परिरहेको छ।

‘वैदेशिक रोजगारीको क्रममा पीडित हुने महिलाको संख्याको तुलनामा पौरखीले दिने सेल्टर र सहयोग समुद्रको एक थोपा पानीजस्तै हो,’ गुरुङले भनिन्। वैदेशिक रोजगारीको क्रममा पीडित हुनेमध्ये कतिपयले घटना लुकाउने, कतिपयले आफन्तकोमा आश्रय लिने गरेका छन्। श्रमविज्ञ गणेश गुरुङ वैदेशिक रोजगारीमा जानेलाई पर्याप्त प्रशिक्षण दिन नसकेका कारण समस्या बढिरहेको बताउँछन्। ‘वैदेशिक रोजगार बोर्डसँग पाँच अर्ब रुपैयाँ हाराहारीको कोष छ,’ उनले भने, ‘कामदारबाट संकलन भएको त्यो रकम उनीहरुको तालिम र हितमा खर्च हुनुपर्छ।’ दुई वर्षअघि व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महिलालाई खाडी मुलुकमा घरेलु काममा जान रोक लगाएको थियो। तर पनि चोर बाटो हुँदै विदेश पस्ने गर्दा झनै जोखिम बढेको भुक्तभोगीको भनाइ छ।

वैदेशिक रोजगारीमा गएका महिला र विदेशी बाबुबाट जन्मेका उनीहरुका सन्तान समाजमा समायोजन गर्न निकै कठिन छ। पौरखीकी सचिव गुरुङले कानुनले लिंगको आधारमा विभेद गर्न नहुने व्यवस्था गरे पनि सरकारले विभेद गर्दा महिला थप पीडामा परेको बताइन्। ‘महिलालाई स्वतन्त्रतापूर्वक आवागमनमा रोक लगाइँदा खुलारूपमा जानकारी लिन गाह्रो भएको र चोर बाटो प्रयोग गर्नुपर्दा जोखिम बढिरहेको हो,’ उनले भनिन्। तत्कालीन श्रम समितिले श्रम सम्झौता नगरी गन्तव्य मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा नपठाउन निर्देशन दिएको थियो। यो निर्देशनपछि पनि सरकारले रोजगारीका लागि महिला जाने गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न सकेको छैन।

सरकारले म्यानपावरमार्फत विश्वका एक सय १० देश ९हाल दुई बन्द० र व्यक्तिगत तवरले एक सय ७२ देशका लागि श्रम स्वीकृति दिने गरेको छ। तर श्रम सम्झौता भने आठ देशसँग मात्र भएको छ। श्रम सम्झौता नहुँदा गन्तव्य मुलुकका सरकारले नेपाली श्रमिकलाई कानुनी रूपमा नचिन्ने र समस्यामा पर्दा बेवास्ता गर्ने गरेको यस क्षेत्रका विज्ञ बताउँछन्। श्रम विज्ञ तथा अधिवक्ता सोम लुइँटेल विदेशी बाबुबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न गाह्रो हुने भएकाले भविष्यमा आउने समस्याप्रति बेलैमा गम्भीर हुनुपर्ने बताउँछन्। उनले गन्तव्य मुलुकमै पुगेर विदेशी बाबुबाट जन्मेका सन्तानको नाता कायम गर्नेदेखि लिएर सचेतना दिनेसम्मका काममा ढिला गर्न नहुने सुझाव दिए।वैदेशिक रोजगारीका क्रममा अवैध शारीरिक सम्बन्धका कारण सन्तान जन्माएका अधिकांश महिलाले शारीरिक सम्बन्ध राख्नेसँग क्षतिपूर्ति लिन सकेका छैनन्। यसो हुनुमा जनचेतना अभाव र आर्थिक संकट मुख्य कारण मानिएको छ।

सँगै युद्ध लडेकाबाट प्रचण्डलाई सुरक्षा थ्रेट बढेको छ । उनको वरिपरि ५९ सुरक्षाकर्मी परिचालित भएका छन्।सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ।

किसान कोटामा मन्त्रीको भ्रमण शीर्षकको समाचारमा चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : १८ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद