दिवसको पौरख : २५ हजार लगानीमा ८० लाख बढी आम्दानी « Khabarhub

दिवसको पौरख : २५ हजार लगानीमा ८० लाख बढी आम्दानी



काठमाडौं– ‘दुःख जुनसुकै काममा पनि हुन्छ, तर निरन्तरता दिन सक्नुपर्छ,’ हस्तकला व्यवसायी दिवस श्रेष्ठको मूलमन्त्र हो यो ।

‘देशमा केही छैन, पैसा कमाउन विदेश नै जानुपर्छ’ भन्नेहरुका लागि उनी एक उदाहरणीय पात्र बनेका छन् ।

पछिल्ला समय विदेशप्रति नेपाली समाज र युवापुस्ताहरुको आकर्षण बढिरहँदा दिवस भन्छन्, ‘अरुको लहलहैमा लागेर अभिभावले नै सन्तानलाई विदेश पठाउँछन्, तर स्वदेशमै काम गर्न प्रोत्साहन गर्दैनन् ।’

नेपालमा स्थानीय स्रोत र साधन खेर गइरहेको छ । नेपालीहरु खाडी मुलुकमा गएर पसिना बगाइरहेका छन् । त्यहाँ गएर गर्ने परिश्रम स्वदेशमै गरे के हुदैन ? दिवस ति सबै युवाहरुलाई प्रश्न सोध्छन्, जो विदेशका लागि मरिहत्ते गर्छन् ।

इलाम नगरपालिका– ६ स्थायी घर भएका दिवस श्रेष्ठ सानैदेखि आमाको पेशा अपनाउन चाहन्थे ।

उनलाई भविष्यको कुनै चिन्ता लाग्दैन्थ्यो । किनकी बचपनदेखि नै उनले हस्तकला व्यवसाय गर्छु भन्ने सोचेका थिए । विगतका दिनमा उनकी आमा र मामाले बेतबाट सजावटको सामान बनाउने गर्दथे ।

‘पढाइ–लेखाइमा खासै ध्यान दिन मन लाग्दैन्थ्यो, बरु आमाले गरेको काम मैले नि गर्नुपर्छ भन्नेतिर मात्र ध्यान जान्थ्यो,’ दिवस आफ्नो विगत सुनाउँछन् । आमाले गरेको काम सिक्ने उनको उत्कट चाहनाले औपचारिक अध्ययनलाई निम्नमाध्यमिक तहमै रोकिदियो । ‘काम गर्नका लागि पढ्नु नै पर्छ भन्ने छैन पढेलेखेकाहरु पनि बेरोजगारी भएर बसेका छन्,’ दिवस सुनाउँछन् ।

आमा विराटनगरमा बसेर बेतका सामान बनाउँथिन् । पछि दिवस पनि आमाका सहयोगी बने । उमेरले जवान हुँदै गएका दिवसलाई आमाले सञ्चालन गरिरहेको कामलाई पनि जवान बनाउने जोस चल्यो । त्यसपछि आए काठमाडौं ।

श्रीमतीलाई साथ लिएर ०६० सालमा काठमाडौं टेके, व्यवसाय गर्ने लक्ष्यका साथ । कलंकीमा डेरा लिएर बस्दा आर्थिक समस्या बेहोर्नु प¥यो ।

‘आम्दानीको स्रोत थिएन, व्यवसाय सुरु गर्नलाई रकम जम्मा गर्नुपर्ने थियो, त्यसैले सुरुमा नोकरी खोज्न थालेँ,’ काठमाडौं आएपछि गर्नुपरेको संघर्ष सुनाउँदै दिवस भन्छन् ।

आमा–बुवासँग भएको सम्पत्तिले पनि उनी आफ्नो व्यवसाय शुरु गर्न सक्थे । तर, उनले माग्न चाहेनन् । उनलाई आफैँले संघर्ष गर्दाको अनुभव लिनु थियो ।

मासिक २५ सय रुपैयाँमा नोकरीबाट केही समयको अन्तरालमा २५ हजार रुपैयाँ जोगाए । त्यहि २५ हजारले हस्तकला उद्योगको ईँटा बसाल्न सफल भए ।

स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्ने, व्यवसाय सुरु गर्ने, धेरैलाई रोजगार दिने उनको बच्नपनदेखिको लक्ष्य बिस्तारै साकार बन्दै गयो ।

विगत १२ वर्षदेखि उनी हस्तकलाका क्षेत्रमा निकै व्यस्त जीवन बिताइरहेका छन् । दिवसको पसल ललितपुरस्थित कुपनडोलमा छ ‘आर्यमान हस्तकला’ । कारखाना भने नैकापमा छ ।

उनी बाँसबाट नाङलो, डोको, डालो, कोक्रो, ह्याङ्गर, डस्टवीन, घडी, ल्याम्प, मन्दिर, सोफा, टेबल लगायत विभिन्न आर्कषक तथा सजावटका सामग्रीहरु बनाउँछन् ।

उनी भन्छन्, ‘सजावटका सामानको माग आइरहेको छ, मार्केटमा पु¥याउन भ्याइरहेको छैन ।’

स्वदेश तथा विदशेमा सबै सामानको राम्रो माग भएको र कला चिन्नेहरुले निकै प्रोत्साहनका साथ सामग्री लैजाने गरेको उनी बताउँछन् ।

उनले इलाम, झापा लगायत अन्य जिल्लाबाट बाँस मगाउँछन् ।

२५ हजारबाट सुरु गरेको व्यवसायबाट उनले हाल वार्षिक रुपमा ८० लाख भन्दा बढी कमाउँछन् । ‘गाउँमा प्रशस्त स्रोत र साधन खेर गइरहेका छन्, स्थानीयहरुलाई सीप सिकाउन पाए आय–आर्जनको बाटो नि हुन्थ्यो, स्रोत खेर जादैन्थ्यों,’ उनी भन्छन् ।

आफ्नो सोचलाई निरन्तरता दिनका लागि दिवस समय मिलाएर विभिन्न ग्रामिण क्षेत्रमा पुग्छन् । त्यहाँका स्थानीयलाई भेटेर आफूले जस्तै सजावटका सामग्री बनाउने सीप बाँडेर आउँछन् ।

दिवसले हस्तकला उद्योगमा ३ महिला, १ अशक्त र ५ युवा गरी ९ जनालाई रोजगारी दिएका छन् । दिवस भन्छन्, ‘प्रत्यक्ष रोजगारी नपाएका, शारीरिक रुपमा अपाङ्गता तथा युवालाई उचित दामसहित रोजगार दिइरहेको छु ।’

बेरोजगार भएर बसेका तथा विदेशमा रहेका युवापुस्तालाई उनी हस्तकलामा अनुरोध गर्छन्, ‘अर्बौ रकम बाँसमा खेर गइरहेको छ आउनुहोस् हातेमालो गर्दै अघि बढौं ।’

लामो समयदेखि बाँस र बेदमा काम गर्दै आइरहेका उनी त्यसैलाई आफ्नो भविष्य ठान्छन् । सबैले भन्छन्, पैसा रुखमा फल्छ र ? दिवस भने बाँसका रुखमा लटरम्म पैसा फलेको देख्छन् !

हस्तकलाप्रति रुचि हुनेहरुलाई उनले निःशुल्क रुपमा सीप पनि सिकाइरहेका छन् । अबको पाँच वर्षमा १० उद्यमी र १ हजार रोजगारी उत्पादन गर्ने दिवसको उद्देश्य छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ४ : ११ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा