माडीका नौ खोलामा पुल निर्माण शुरु « Khabarhub

माडीका नौ खोलामा पुल निर्माण शुरु


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– बोलपत्र भएको एक वर्षपछि चितवन माडीका नौ पुलको निर्माण कार्य शुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले वातावरण प्रभाव मूल्याङ्कन (इआइए) नभएको भन्दै रोक लगाएपछि निर्माण कार्य अलपत्र परेको थियो । एक साताअघि मात्र इआइएको काम टुङ्गिएपछि पुल निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

“बोलपत्र भएको एक वर्षपछि नौ खोलामा पुल निर्माण शुरु भएको छ”, उनले भने”, अन्य तीन पुलको पनि अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएर आइसकेको छ ।”

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने रिउ, बगर्ई, घाँघर, तुनामुना, परवी, पतरे, रिमाल, बाँदरमुढे र मुगई खोलमा पुल निर्माणका लागि बोलपत्र भएको हो । यस्तै भालु, रतनी र चितही खोलाको पुल निर्माणका लागि एक हप्ताभित्र बोलपत्र आह्वान हुने प्रमुख ढकालले बताउनुभयो । माडीका १२ वटा पुल निर्माणका लागि करीब रु ८२ करोड लागत लाग्ने उनले बताए ।

घाँघर र रिमाल खोलमा पुल निर्माणको काम शुरु भइसकेको छ भने अन्य खोलामा तत्काल काम शुरु हुने हुलाकी राजमार्गअन्तर्गतको योजना कार्यालय वीरगञ्जका निमित्त योजना प्रमुख श्यामनारायण मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  २ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली