मोबाइल किन्दै हुनुन्छ ? बजारमा आउँदै छ १ सय ९२ मेगापिक्सल क्यामेरा भएको मोबाइल | Khabarhub Khabarhub

मोबाइल किन्दै हुनुन्छ ? बजारमा आउँदै छ १ सय ९२ मेगापिक्सल क्यामेरा भएको मोबाइल


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मार्टफोनमा छिटै १ सय ९२ मेगापिक्सलको क्यामेरा आउने भएको छ ।

एक्सडीडी डेभलपरले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार प्राविधिक उपकरण निर्माता कम्पनी क्वालकमले आफ्नो चिपसेटमा क्यामेरा सेन्सरको क्षमतालाई बढाएर १ सय ९२ मेगापिक्सल पुर्‍याउन लागेको हो ।

क्वालकमले विकास गरेको १ सय ९२ मेगापिक्सल सेन्सर क्षमताका चिपसेटमा स्नापड्रागन चिपसेटमा क्वालकम स्नापड्रागन ६७०, क्वालकम स्नापड्रागन ६७५, क्वालकम स्नापड्रागन ७१०, क्वालकम स्नापड्रागन ८४५ तथा क्वालकम स्नापड्रागन ८५५ छन् ।

यी चिपसेटहरु चाँडै नै विभिन्न कम्पनीका स्मार्टफोनमा जडान भएर बजारमा आउँनेछन् । जसअनुसार ती स्मार्टफोनहरुले १ सय ९२ मेगापिक्सलसम्म क्यामेर सेन्सर सपोर्ट गर्न सक्नेछन् ।

सार्वजनिक गर्न लागिएका चिपसेटका नयाँ विशेषतामा स्लो मोसन रेकर्डिङ्ग तथा हाइब्रिड अटोफोकसलगायत समेत छन् । यसबाट ती क्यामेराबाट खिचिएका फोटोहरु अहिले बजारमा उपलब्ध स्मार्ट फोनका क्यामेराले खिचेका फोटोभन्दा धेरै गुणा उत्कृष्ट हुने दाबी गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : १७ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने