साताको शेयर : एक अर्ब ९३ करोड कारोवार « Khabarhub

साताको शेयर : एक अर्ब ९३ करोड कारोवार


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टकको प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन । साताको पहिलो दिन मात्रै बजार ०.९४ बिन्दुले सुधार आएको थियो । कारोवार छोटो समयमात्रै हुँदा १४० कम्पनीका तीन लाख २२ हजार २४२ कित्ता शेयर रु नौ करोड ३८ लाख मूल्यमा कारोवार भए ।

साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन मङ्गलबार कूल १७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए । साताको चौथो दिन बुधबार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० बिन्दुमा झर्‍यो । सो दिन कूल १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार सो दिन रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको पाँचाैं दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए ।

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५५९ कित्ता साधारण शेयर सूचीकृत भयो । यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७१२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ८ : ४७ बजे

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश