प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’! « Khabarhub

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’!


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटारमा उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएको नागरिक दैनिकमा खबर छ ।

काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन भने अन्य मन्त्रीहरु भने काठमाडौं बाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए । बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो । बिहानै उपस्थित हुन गरिएको आग्रहमा केही मन्त्री बाहिर भएकाले नआए पनि काठमाडौं मै भएका मन्त्रीहरु किन नआएको भन्ने थाहा नभएको बालुवाटार स्रोतले बताएका छ ।

त्यस्तै ७ रोपनी १० आना फिर्ता शीर्षकको समाचारमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँ बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । पछिल्लो समय सरकारी जग्गा भूमाफियाको चंगुलमा पर्ने गरेका छन् । मालपोतका कर्मचारीले सहयोग गर्दा भूमाफियाको रगरगी बढेको छ ।

त्यस्तै सिंहदरबारमा मन्त्रालयका अधिकांश ढोका बन्द शीर्षकको अर्को समाचारमा मन्त्रालय बजेट बनाउन जुटेका कारण मन्त्रालयका अधिकांश ढोका बन्द भएको समाचार पत्रिकाले छापेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार