सरकारी कर्मचारीलाई कार्यालय चोरी हुने डर, एउटाबाट अर्को शाखामा जाँदा ताला ! | Khabarhub Khabarhub

सरकारी कर्मचारीलाई कार्यालय चोरी हुने डर, एउटाबाट अर्को शाखामा जाँदा ताला !


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेको सूचनाको हकलाई प्रत्याभूत गराउन सूचनाको हक सम्बन्धि ऐनले ‘प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ’ भनिएको छ ।

साथै सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने व्यवस्था ऐनमा उल्लेख छ ।

सूचनामा नागरिकको सहज पहुँच पुर्‍याउन भन्दै सरकारी निकायहरुमा सूचना साखा तथा प्रवक्त, सहप्रवक्ता र सूचना अधिकारी राखेका छन् ।

सिहंदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जनताको सहज पहुँचमा रहेको मन्त्रालयलको रुपमा लिइन्छ ।  रामशाहपथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य क्षेत्रका कर्मचारी देखि सर्वसाधारण बिरामीहरु समेत विभिन्न समस्या लिएर पुग्ने गर्छन् ।

स्वास्थ्य मन्त्रालयमा पनि जनतालाई सहज रुपमा सूचना उपलब्ध गराउने भन्दै प्रवक्ता र सूचना अधिकारी तोकिएको छ ।  स्वास्थ्य मन्त्रालयले स्वास्थ्य समन्वय महाशाखाका प्रमूख  महेन्द्र श्रेष्ठलाई प्रवक्ता र सूचना अधिकारीमा  स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशाशक शीला श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयभित्र प्रवेश गर्ने वित्तिकै ठूलो तस्वीरसहित सूचना अधिकारीको पोष्टर नै टाँसिएको छ । मन्त्रालयको सोधपुछ कक्षमै राखिएको सूचना अधिकारीको पोष्टरमा सूचना अधिकारीको नाम, शाखाको नाम, सूचना अधिकारीको पद, इमेल ठेगाना र सम्पर्क नम्बर पनि छ ।

स्वास्थ्य मन्त्रालयमा रहेका सबै कर्मचारीको कार्यकक्ष नम्बर रहेको छ । तर सर्वसाधारणलाई सूचना उपलब्ध गराउने  सूचना  अधिकारीको कार्यकक्ष कहाँ र कति नम्बर कोठामा छ भन्ने जानकारी उक्त पोष्टरमा छैन ।

स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी स्वास्थ्य समन्वय महाशाखाका प्रमूख महेन्द्र श्रेष्ठलाई लिएको छ । तर प्रवक्ता श्रेष्ठ  सूचना लिन जाँदा कार्यकक्षमा भेटिदैनन् । उनको कार्यकक्ष अगाडीको नेमप्लेटमा कि त ‘व्यस्त’ लेखिएको हुन्छ कि ‘बाहिर’ ।

मंगलबार हामी त्यहा पुग्दा प्रवक्ता कार्यकक्षमा थिएनन् । हामीले सम्पर्क गर्दा मन्त्रालयको कामले सामान्य प्रशासन मन्त्रालयमा गएको जानकारी दिए । प्रवक्ता श्रेष्ठले फोनसम्पर्कमै भने, ‘आज म मन्त्रालयकै अन्य काममा बाहिर छु, तपाई सूचना अधिकारीलाई भेट्नुस् ।’

मन्त्रालयकी सूचना अधिकारी श्रेष्ठको कार्यकक्ष मन्त्रालयको मुख्य भवन पछाडि जनसंख्या तर्फको भवनको एउटा कुनामा राखिएको छ ।

सुचना अधिकारी श्रेष्ठको कार्यकक्षमा पुग्न मन्त्रालयको मुख्य भवनको पहिलो तलाबाट उत्तर तर्फ रहेको कार्यक्रमहलबाट फेरि पश्चिमतर्फ जानुपर्छ । सो भवनको उत्तरफर्त अध्यारो ठाउँमा २ सय १८ र २ सय १० नम्बरको दुईवटा कोठा छ ।

स्वास्थ्य मन्त्रालयकी सूचना अधिकारी श्रेष्ठको कार्यक्रकक्ष त्यहि अध्यारो ठाउँमा रहेको २ सय १० नम्बरको कोठा हो । तर उक्त कोठामा सूचना अधिकारीको कक्ष हो भनेर चिन्न कुनै संकेत छैन । मंगलबार दिउँसो १२ बजे हामी त्यहा पुग्दा सुचना अधिकारी श्रेष्ठको कक्षमा ताला लगाइएको थियो । सर्वसाधारणले त्यहाँ सूचना माग्न कसरी पुग्लान् ? हामी आफै सोचमग्न भयौं ।

सूचना अधिकारीको कार्यकक्षमा ताला देखेपछि हामीले उनलाई फोन गर्‍यौं ।  सूचना अधिकारी श्रेष्ठ अन्य शाखामा काम परेकोले गएकी रहेछिन् । ‘म मन्त्रालयमै छु, यहाँ अर्को शाखामा आउँनुपर्ने काम थियो ।’ उनले हामीसँग फोनमै भनिन् ।

उनको कार्यकक्षमा लगाइएको तालाको विषयमा श्रेष्ठले चोरी हुनसक्ने भएकाले अर्को शाखामा जाँदा ताला लगाउनुपरेको बताइन् ।

‘मेरो कार्यकक्ष अध्यारो ठाउँतर्फ कुनामा छ, केही समयअघि कार्यकक्षबाटै ल्यापटप समेत हराएको थियो,’ श्रेष्ठले खबरहबलाई भनिन्, ‘महत्वपूर्ण फाइलहरु हुन्छ, यहाँ सीसीटिभी पनि छैन, कार्यकक्ष सुरक्षित नभएकोले मन्त्रालयको अर्को शाखामा जाँदा ताला लगाएरै जाने गरेको छु ।’

सूचना अधिकारीको कार्यकक्षमा समायोजनको विषयमा सोध्न आउने स्वास्थ्यकर्मी तथा सुचनाका लागि पत्रकारहरु बढी आउने गरेको उनले बताइन् । तर सार्वजनिक विषयमा सूचना माग्न सर्वसाधारण भने खासै नआउने गरेको श्रेष्ठको भनाइ छ ।

उनी भन्छिन्,‘मन्त्रालयको कुनामा छ मेरो कार्यकक्ष सार्वजनिक सूचना लिन सर्वसाधारण त खासै आउँदैनन्, कार्यकक्ष नचिनेर सूचना लिनै आउँदैनन् जस्तो लाग्छ मलाई छ ।’

संविधानले सूचनाको हक हुने व्यवस्था गरेपनि स्वास्थ्य मन्त्रालयमा समयमै सूचना लिन निकै मुस्किल छ । सर्वसाधारणलाई त सूचना अधिकारीको कार्यकक्ष कहाँ छ भन्ने सम्म जानकारी छैन भने समाचारका लागि सूचना लिन जाने पत्रकारले समेत समयमै सूचना पाउदैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ३ : ५४ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा