विदेशीका लागि आकर्षक केन्द्र बन्दै नेपालको सैनिक कलेज « Khabarhub

विदेशीका लागि आकर्षक केन्द्र बन्दै नेपालको सैनिक कलेज


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।

उक्त कलेजमा मंगलबारदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वका विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिए ।

तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र अमेरिकाका सैनिक अधिकृत सहभागी छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट हालसम्म १२ मुलुकका ७३ जना विदेशी सैनिक अधिकृतले कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । विश्वकै सैनिक सङ्गठनमा उक्त तालीम मध्यम तहका अधिकृतको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण मानिन्छ ।

नेपाली सेनाका निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले उक्त तालीमको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न योगदान पुग्ने पाठ्यक्रमको विकास गर्दै लैजान कलेजलाई सुझाव दिए ।

उनले भने, ‘कलेजले आफ्नो स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको छ, सैनिक रणनीति कौशल र अभ्यासलाई युग सुहाउँदो तुल्याउन पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयले स्नात्तकोत्तर तहको मान्यता दिएको उक्त तालीम ४५ हप्ताको हुनेछ । यस पटकको तालीममा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जनासहित ६३ को सहभागिता छ । नेपाली सेनाका ८ सय ७१ र अन्य निकायका ४६ जनाले हालसम्म उक्त कलेजबाट कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् ।

अघिल्लो पटकको तालीममा एक जना महिला अधिकृत उक्त तालीमका लागि छनोट भएकामा यस पटक भने कुनै पनि महिला अधिकृत प्रारम्भिक परीक्षामा सफल नभएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ३ : १८ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक