च्याम्पियन्स लिग : क्याम्प नाउमा युनाइटेड बार्सिलोनामाथि हावी होला ? « Khabarhub

च्याम्पियन्स लिग : क्याम्प नाउमा युनाइटेड बार्सिलोनामाथि हावी होला ?


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको दोस्रो लेगमा मंगलबार (आज) राति स्पेनिस महारथि बार्सिलोना र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबीचको खेल हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेलमा पहिलो लेग गुमाएको युनाइटेड लयमा फर्किएला भन्ने प्रश्न युनाइटेडका प्रशंसकमा उब्जिरहेको छ ।

घरेलु दर्शकमाझ वल्ड ट्राफोर्डमा १–० गोल अन्तरले पराजित भएको युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले नाउ क्याम्पमा आफ्नो टोलीले लय समात्ने दावी यसअघि नै गरीसकेका छन् ।

यता, बार्सिलोना भने पहिलो लेगमा युनाइटेडका डिफेन्डर लुका शाको आत्मघाति गोलमा विजयी भएको थियो । घरेलु मैदानमा जीत निकाल्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

प्रिमियर लिगको शीर्ष ५ औं स्थानमा रहेको युनाइटेडविरुद्ध ला–लिगाको शीर्ष क्लब बार्सिलोनाका गेम चेन्जर लियोनल मेस्सी र लुइस स्वारेजको आक्रामक प्रदर्शनको सिकार हुने आँकलन कतिपयले गरिरहेका छन् ।

बार्सिलोनाविरुद्ध युनाइटेडका पाउल पोग्वा र मार्कस रासफोर्डले आक्रामक खेल्दै टोलीलाई च्याम्पियन्स लिगमा यथावत राख्ने सम्भावना रहेको विश्लेषण पनि गरिरहेका छन् ।

तर, पनि युनाइटेडका प्रशिक्षक र खेलाडीले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउने दावी गरिरहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया