पत्रकार पक्राउको विरोध : पत्रिका कालो कोलममा, अनलाइनमा कालो ब्यानर | Khabarhub Khabarhub

पत्रकार पक्राउको विरोध : पत्रिका कालो कोलममा, अनलाइनमा कालो ब्यानर


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी पक्राउ गरिएकोमा विरोधमा पत्रकार महासंघ कास्कीले बुधबार पोखराबाट प्रकाशित हुने सबै पत्रिका कालो कोलममा प्रकाशित गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा बिहान ६ बजे करिब डेढ मिनेट समय प्रशारण बन्द गर्ने र अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको हाे ।

तान्डव न्यूज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए ।

सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यस विषयमा अनुसन्धान जारी राख्दै  उनलाई  गएराति तारेखमा रिहा गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ३५ बजे

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि