सरकार र डा. केसी आ-आफ्नै अडानमा « Khabarhub

सरकार र डा. केसी आ-आफ्नै अडानमा


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं। संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अनुमोदन प्रक्रियामा सरकार र डा. गोविन्द केसी आआफ्नै अडानमा दृढ देखिएका छन्। केसीले सरकारले गरेको सम्झौताअनुरुप विधेयक कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने बताएका छन्। ‘आफूसँग गरेको सम्झौता हुबहु कार्यान्वयन नगरेसम्म कुनै पनि हालतमा अनशन नत्याग्ने अडानमा हुनुहुन्छ। स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,’ स्थानीय संयोजनकर्ता धर्म गौतमले भने।

इलाम अस्पतालमा भर्ना भएका केसीको मुटुको चाल अनियमित देखिएको छ। कहिले ३५ र कहिले बढेर दुई सयसम्म पुग्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्रकुमार साहले जानकारी दिए।

मुटुको चाल अनियमित हुँदा आईसीयूमा राखेर उपचार गराउनु पर्ने हुन्छ। तर, इलाम अस्पतालमा उक्त सेवा नहुँदा उपचारमा संलग्न चिकित्सकहरू चिन्तित भएका छन्। केसीले उपचारार्थ इलाम जिल्लाबाहिर नजाने बताएका छन्। ‘इलामबाहिर किमार्थ जान्न भन्ने अडानमा हुनुहुन्छ। संसदमा रहेको चिकित्सा विधेयक जति सक्यो छिटो अक्षरसः कार्यान्वयन गर्दा नै उहाँको जीवनरक्षा हुन्छ,’ गौतमले भने। सरकारले भने केसीको सत्याग्रहलाई बेवास्ता गर्दै संसदीय प्रक्रिया अघि बढ्ने जनाएको छ। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ७ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार