विवेकशील साझाको पहिलो महाधिवेशन फागुनमा « Khabarhub

विवेकशील साझाको पहिलो महाधिवेशन फागुनमा


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले आउँदो वर्षको फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रवक्ता सूर्यराज आचार्यका अनुसार पुस ३० र माघ १ गते चलेको बैठकले प्रदेश संयोजक चयन, केन्द्रीय सदस्य थप, पार्टी भ्रातृ संगठन निर्माण, पार्टी केन्द्रीय विभागको पुनर्गठन, जिम्मेवारी बाँटफाँट लगायतका निर्णय गरेको छ।

संयोजक उज्ज्वल थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि विवेकशील साझाको केन्द्रीय समिति बैठक बसेको हो। बैठकबाट प्रदेश नंं. १ को संयोजकमा अनिल भेटवाल चयन भएका छन्।

प्रदेशको सिफारिसमा महिला केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी चयन भएका प्रवक्ता आचार्यले जनाए।

त्यस्तै अब्दुस मियाँको संयोजकत्वमा विवेकशील साझा युवा संगठन र सोभिता परियारको नेतृत्वमा विवेकशील साझा महिला संगठन गठन गरिएको छ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ९ : ०३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया