राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पीडितका पीडा उस्तै « Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : पीडितका पीडा उस्तै


२ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । वि. सं. १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

२०७२ साल बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पु¥याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन । भूकम्पमा परी झण्डै १० हजार नागरिकले ज्यान गुमाएका थिए । हजारौं अंगभंग र घाइते तथा लाखौं नागरिक एकसाथ घरवारविहीन बनेका थिए । बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणले अझै गति लिन सकेको छैन । पुनर्निर्माण प्राधिकरणमा भइरहेको राजनीतिकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुन सकेको छैन ।

भूकम्प गएको झण्डै चार वर्ष हुन लाग्दा पनि भूकम्प प्रभावितलाई दिइने भनिएको अनुदान रकम सबैमा पुगेको छैन । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभयएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको जानकारी दिनुभएको हो ।

यसैबीच गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्प पीडितहरुको पुनःस्थापना र जीवनरक्षाको सवालमा सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै भूकम्पबाट नागरिकको जीवनरक्षाका लागि आफू सदैव प्रतिबद्ध भएको बताउनुभयो ।

उहाँले भूकम्पबाट पीडितलाई सहयोग गर्नु संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी भएको भन्दै नागरिकको जीवनरक्षाका लागि सबै क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ११ : २८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम