सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका | Khabarhub Khabarhub

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो ।

यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । ‘कूल २८ विद्यालयमध्ये १६ प्राथमिक, पाँच आधारभूत र सात माध्यमिक विद्यालय छन्’, दाहालले भने, ‘लगभग दुई हजार २०० बालबालिका यहाँको सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन्, जसमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।’

‘गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बाहिर छैनन्, सोही आधारमा सबै बालबालिका विद्यालयमा आएको घोषणासमेत भइसकेको छ’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भने, ‘यहाँभित्र दुई स्रोतकेन्द्र छन् । यहाँका पाँच विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम छ ।’ उनका अनुसार विद्यालय उमेरका विद्यार्थी नभएका कारण टुंगुन प्राविमा सात, चनदेवी प्राविमा छ, रिङ्गीन प्राविमा १८, नमूना प्रावि र बाल प्राविको आँकडा अति निराशाजनक छ भने जनजागृत प्राविमा विद्यार्थीनै छैनन् ।

यी विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्न शिक्षा शाखाले सम्बन्धित वडा कार्यालयको राय सल्लाह माग्नुका साथै थप स्थलगत अध्ययनसमेत गरिरहेको छ । वस्तुगत अवस्थाका आधारमा विद्यालय समायोजन गर्ने, सार्ने अर्थात् बन्द गर्ने कुन रणनीति अपनाउँदा राम्रो हुन्छ सोही उपाय अपनाई जेठको अन्तिमसम्म यी विद्यालयलाई के गर्ने भन्ने टुङ्गोमा पुर्‍याइने बताइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ९ : ०८ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा