विद्युत् चुहावट गर्नेलाई कारवाही गरिने « Khabarhub

विद्युत् चुहावट गर्नेलाई कारवाही गरिने


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा एक करोड २३ लाख ३ हजार ८६१ बक्यौता रकम असुल गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो ।

७ सय ५८ ग्राहकले विद्युत् बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६ सय ५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार बक्यौता बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको छ ।

केन्द्रले ६०औँ दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिकरूपमा काटेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको दुई प्रतिशत छुट प्रदान गरिन्छ भने आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्नेछ ।

गोशलीका अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत महसुल बुझाएमा पाँच प्रतिशत थप दस्तुर र ३१औँ दिनदेखि ४०औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ । साथै ४१औँ दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर तिर्नुपर्ने हुन्छ । विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।

विद्युत् चुहावट गर्नेलाई कारवाही

केन्द्रले सोही अवधिमा अनधिकृतरूपमा विद्युत् चुहावट गर्ने १ सय १७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट ५ लाख ८८ हजार ८१२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्ने/बिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ ।

विद्युत् चुहावट नियन्त्रण कार्यअन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने, ट्रान्सफर्मर थप्ने, नयाँ लाइन विस्तार गर्ने, नाङ्गो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको गोशलीले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षमा ३ हजार २९ बन्द/बिग्रिएका मिटर फेरिएको छ भने ७४३ ग्राहकको मिटर रिसिलिङ तथा एक हजार १०० ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । ग्राहकको टिओडी मिटरको खपत चेक गरी हेर्दा छुट भएको करीब रु ३९ लाख २० हजार ३९१ बराबरको फाइल पेश भएकामा रु २८ लाख ६४ हजार ५ सय ९६ रकम छुट युनिट स्वीकृत भइआएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकबाट असुलीका लागि पहल भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ९ : २२ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना