‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर | Khabarhub Khabarhub

‘ब्याण्ड बाजा’ बजाएर ‘वीर विक्रम २’ को भव्य प्रिमियर


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । राजधानीको कुमारी हलमा रिलिजको दुई दिनअघि गरिएको प्रिमियरमा फिल्मका शीर्ष कलाकारलाई सम्मानस्वरुप रोयल कार्पेटमा हिँडाइयो । रोयल कार्पेटमा फिल्मका शीर्ष कलाकार पल शाह, वर्षा शिवाकोटी, बुद्धि तामाङ र नाजिर हुसेन मुख्य आकर्षण बने ।

प्रिमियरमा ब्याण्ड बाजा बजाएर कलाकारको इन्ट्री गराइएको थियो ।

तस्वीर – आर्यन बिमली

साँझ साढे ६ बजे नै शुरु गरिने भनिएको प्रिमियर निर्धारित समयभन्दा केही ढिलो शुरु भएको थियो । प्रिमियरमा सीमित कलाकारलाई आमन्त्रण गरिएको थियो । यस्तै पत्रकार तथा कलाकारले ‘वीर विक्रम २’ हेरेका थिए । प्रिमियरमा निर्माण टिमका बाहेक अभिनेता भुवन केसी, शिव श्रेष्ठ,  नायिका अनु शाह, शिल्पा मास्के, कुञ्जना घिमिरे, कलाकार सन्दीप क्षेत्री भारतीय टिभी शो डीआईडीकी च्याम्पियन तेरिया मगर लगायत उपस्थित थिए ।

तस्वीर – आर्यन बिमली

फिल्म हेरिसकेपछि अतिथि कलाकारले फिल्मको तारिफ गरे । कलाकारले फिल्मले मन छोएको प्रतिक्रिया दिए । मुस्ताङका हिमाली भेगमा खिचिएका दृश्यले आफ्नो मन छोएको प्रतिक्रिया दिएका थिए । नायिका शिल्पा मास्केले फिल्म मन परेको बताइन् । उनले पूरै फिल्म राम्रो मनोरञ्जनमूलक भएको बताइन् ।

तस्वीर – आर्यन बिमली

यस्तै अभिनेता शिव श्रेष्ठले धेरै वर्षपछि राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिए । ‘यो फिल्मले मन छोयो, कलाकारको अभिनयले मलाई निकै छोयो,’ श्रेष्ठले भने । यस्तै भुवन केसीले पनि फिल्मले आफूले मन परेको भन्दै निर्देशक चाम्सलाई बधाई दिए । उनले हरेक कलाकारको काम निकै मन परेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ ।’

फिल्मले नेपाली दर्शक मन पराउने आम दर्शकलाई मन पराउने आशा गरिएको छ । फिल्म हेरेका दर्शकले कलाकार बुद्धि तामाङको खुलेर तारिफ गरेका थिए । उनको भूमिका अन्य फिल्ममा भन्दा फरक छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : १५ बजे

राप्रपा नेपालको बैठक : चैत्रदेखि जनसंघर्ष सुरु गर्ने निर्णय

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी चैत्र महिनादेखि

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोली बिहान बस्ने

काठमाडौं– नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम

स्पेसएक्सले सातौँ स्टारशिप परीक्षण उडानको तयारी गर्दै

एजेन्सी – स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको सातौँ उडान परीक्षण

भैँसीको मासु निर्यात सम्झौता खारेज गर्न माग, माइतीघरमा प्रदर्शन

काठमाडौं – चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

काठमाडौं– विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु