सूचना तथा प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल शुरु « Khabarhub

सूचना तथा प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल शुरु


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सूचना तथा प्रविधि विधेयकमाथि संसदको विकास तथा प्रविधि समिति छलफल शुरु भएको छ ।

फेसबुक, ट्विटर लगाएतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरी सञ्चालन हुने नदिने लगाएतका विवादित विषयसहित सरकारले संसदमा पेश गरेको विधेयकमाथि समितिमा दफावार छलफल शुरु भएको हो ।

विधेयकका विभिन्न १२ वटा दफा प्रेस स्वतन्तत्राविरोधी रहेको भन्दै कांग्रेसका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । छलफलमा उनीहरुले आफ्नो संशोधनका बारेमा धारणा राख्नेछन् ।

कांग्रेस सांसदहरु गगन थापा, पुष्पा भुसाल लगाएतले विधेयकको दफा ९४ मा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउनेगरी सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने उल्लेख गरिएको विषयमा संशोधन पेश गरेका छन् ।

विधेयकमा विना तथ्य कसैको चरित्र हत्या गने उद्धेश्यले प्रचलित कानून बमोजिम गाली बेईज्यती हुने गरी सामाजिक सञ्जालमा पोष्ट गरे ५ लाखसम्म जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था प्रस्ताव गरिएको छ ।

कांग्रेस सांसद गगन थापाले उक्त व्यवस्थाको दुरुपयोग हुनसक्ने भन्दै दफा नै हटाउन संसोधन पेश गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १२ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया