सूचना तथा प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल शुरु | Khabarhub Khabarhub

सूचना तथा प्रविधि विधेयकमाथि संसदीय समितिमा छलफल शुरु


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सूचना तथा प्रविधि विधेयकमाथि संसदको विकास तथा प्रविधि समिति छलफल शुरु भएको छ ।

फेसबुक, ट्विटर लगाएतका सामाजिक सञ्जाल नेपालमा दर्ता नगरी सञ्चालन हुने नदिने लगाएतका विवादित विषयसहित सरकारले संसदमा पेश गरेको विधेयकमाथि समितिमा दफावार छलफल शुरु भएको हो ।

विधेयकका विभिन्न १२ वटा दफा प्रेस स्वतन्तत्राविरोधी रहेको भन्दै कांग्रेसका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । छलफलमा उनीहरुले आफ्नो संशोधनका बारेमा धारणा राख्नेछन् ।

कांग्रेस सांसदहरु गगन थापा, पुष्पा भुसाल लगाएतले विधेयकको दफा ९४ मा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउनेगरी सामाजिक सञ्जालमा पोष्ट गर्न नहुने उल्लेख गरिएको विषयमा संशोधन पेश गरेका छन् ।

विधेयकमा विना तथ्य कसैको चरित्र हत्या गने उद्धेश्यले प्रचलित कानून बमोजिम गाली बेईज्यती हुने गरी सामाजिक सञ्जालमा पोष्ट गरे ५ लाखसम्म जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था प्रस्ताव गरिएको छ ।

कांग्रेस सांसद गगन थापाले उक्त व्यवस्थाको दुरुपयोग हुनसक्ने भन्दै दफा नै हटाउन संसोधन पेश गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : १७ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ