आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री « Khabarhub

आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– इरानी विदेशमन्त्रीले अमेरिकी नाकाबन्दीका बावजुद इरानले सन् २०१५ मा भएको आणविक सम्झौता पालना गर्न आफ्नो मुलुकले अधिकतम संयमता अपनाइरहेको बताएका छन् ।

जापान भ्रमणमा रहेका इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले पछिल्लो समय इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीका बावजुद सन् २०१५ मा भएको आणविक सम्झौता पालनका लागि इरानले हरसम्भव प्रयत्न गरिरहेको जनाएका हुन् ।

आफ्ना जापानी समकक्षी तारो कोनोसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकी नाकाबन्दी अस्वीकार्य रहेको भन्दै अमेरिकासँग द्वन्द्व सिर्जना नहोन् भन्नाका लागि आफ्नो मुलुक संयम रहेको जनाएका हुन् ।

सन् २०१५ मा भएको इरानका आणविक सम्झौताबाट गत वर्ष अमेरिका बाहिरिएपछि अमेरिकाले इरानमाथि एकपछि अर्को नाकाबन्दी लगाउँदै आएको छ । अमेरिकाले भने पछिल्लो समय इरानबाट त्यस क्षेत्रमा रहेका अमेरिकी फौज तथा अमेरिकी साझेदार मुलुकमाथि खतरा रहेको बताउँदै त्यहाँ लडाकु विमानवाहक नौसैनिक पानीजहाज तथा बमवर्षक विमान परिचालन गरेको छ ।

यसअघि इरानले सन् २०१५ मा इरान तथा अमेरिकासहित जर्मनी, फ्रान्स, बेलायत रुस र चीनबीच भएको आणविक सम्झौताका केही बुँदाबाट बाहिरिएको घोषणा गर्दै युरेनियमको प्रशोधनलाई निरन्तरता दिने जनाएको छ ।

त्यसबीच एकपछि अर्को गरी त्यस क्षेत्रमा अमेरिका र इरानबीच तनाब बढ्दै गइरहेका बेला अमेरिकाले इरान समर्थित लडाकुबाट आक्रमण हुनसक्ने भन्दै इराकमा रहेका आफ्ना कर्मचारी फिर्ता बोलाइसकेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १२ : ४२ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका