२ सय १० किलो गाँजासहित २ जना पक्राउ « Khabarhub

२ सय १० किलो गाँजासहित २ जना पक्राउ


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरीले २ सय १० किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकाको २ अलग–अलग स्थानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

लालबन्दी नगरपालिका–९ मा बेवारिसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको एक जिपबाट १ सय ५० किलो र एउटा घरमा लुकाएर राखेको अवमा ६० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लालबन्दी–६ स्थित संगम लामाको घरमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीले गाँजा तस्करीमा संलग्न रहेको भन्दै लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्साको वीरगन्ज महानगरपालिका–१८ घर भएका १८ वर्षीया सिधु सिंहलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १ : २८ बजे

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको