अमेरिकी हिरासतमा रहेका ग्वाटेमालाका एक बालकको मृत्यु « Khabarhub

अमेरिकी हिरासतमा रहेका ग्वाटेमालाका एक बालकको मृत्यु


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी सीमा क्षेत्रमा बन्दी बनाइएका ग्वाटेमालाका अढाई वर्षीय एक बालकको मृत्यु भएको छ ।

अवैधानिक तरिकाले मेक्सिकोको सीमा हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अघिल्लो महिना अमेरिकाको भन्सार तथा सीमा सुरक्षा प्रहरीबाट मेक्सिकोको सिउडाड हुआरेज तथा अमेरिकाको एल पासो शहरको सीमानजिक पक्राउ परेका ती बालकको उपचारका क्रममा मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु भएका बालकको पहिचान भने खुलाइएको छैन ।

कारागारमा रहेका बेला बालकको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई उनकी आमासहित रिहा गरिएको थियो । त्यसबेला बालक तीब्र ज्वरो र श्वास प्रश्वासमा कठिनाइको समस्याबाट ग्रसित रहेका जनाइएको छ ।

निमोनियाका कारण बालकको ज्यान गएको अमेरिकी अधिकारीले जनाएका छन् । ग्वाटेमालाको विदेश मन्त्रालयले अमेरिकी सीमा क्षेत्रमा आफ्नो मुलुकका बालकको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि गत डिसेम्बरयता अमेरिकी सीमा क्षेत्रमा अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने ग्वाटेमालाका तीन बालबालिकाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ३ : ३८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,