अर्काकी श्रीमतिसँग रंगेहात भेटिएका पुरुषले पाँचौं तलाबाट हाम फालेपछि… « Khabarhub

अर्काकी श्रीमतिसँग रंगेहात भेटिएका पुरुषले पाँचौं तलाबाट हाम फालेपछि…


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्यान गएको छ । घटना भारतको दिल्लीको हो ।

दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ती महिलाका श्रीमानले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार हतार भाग्ने क्रममा ती पुरुषले भवनको पाचौं तल्लाबाट हाम फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीमान घर बाहिर गएपछि ती महिलाले अर्को पुरुष बोलाएकी थिइन् । तर केही समयमै ती महिलाका श्रीमान् घर फर्किँदा उनले आफ्नी श्रीमती अर्कै पुरुषसँग राजलीला मच्चाइरहेको अवस्थामा रंगेहात भेटेका थिए । त्यो पनि कोठाभित्रबाट चुकुल नलगाएको अवस्थामा । श्रीमानले परपुरुषसँग भेटेपछि ती महिलाले आत्महत्याको प्रयास गर्न खोजेपनि दुबै पुरुषले उनलाई मर्न भने दिएनन् ।

त्यसपछि महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका ती व्यक्ति कोठाबाट हतार हतार भाग्ने क्रममा भवनको पाचौं तलाबाट हाम फालेका थिए । हाम फालेपछि स्थानीय र प्रहरीले उनलाई अस्पताल पुर्‍याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले तीनै जनाको मोबाइल फोन जफत गरेर अनुसन्धान जारी राखेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ५ : २१ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान