शेयर बजार २.२ अकंले ओरालो « Khabarhub

शेयर बजार २.२ अकंले ओरालो


२ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारको परिसूचक नेप्से बिहीबार २.२९ अंकले घटेर १ हजार ३ सय १८ विन्दुमा कायम भएको छ । यससँगै सेन्सेटिभ परिसूचक पनि ०.८१ अंकले घटेको छ । जम्मा १७३ कम्पनीको २९ लाख ९२ हजार ६ सय ६३ कित्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५ सय १६ रुपैयाँमा कारोबार भएको छ ।

बिहिबार ११ उप समूहको कारोबार भएकोमा ६ उप समूह घटेका छन भने ५ उपसमूह बढेका छन । बैंकिङ ८.२४, होटेल्स १२.५६, हाइड्रो पावर १.१३, अन्य ०.३१, माइक्रो फाइनान्स ५२३, जीवन बीमा १२.४ अंकले घटेका छन भने बिकास बैंक २१.२५, फाइनान्स २.८४,निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४, सामूहिक कोष ००१ अंकले बढेका छन् ।

१३ करोडको टर्नओभर गरी बिहिवार सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । सबै भन्दा बढी नाफा कमाउनेमा शिवम् सिमेन्ट, मल्टीपर्पस फाइनान्स कम्पनी, आइएई जेन्रल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी बिकास बैंक, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहे ।

सबै भन्दा बढी गुमाउनेमा कृषि बिकास बैंक, कर्पोरेट बिकास बैंक, प्रोग्रेसिभ फाइनान्स, ग्लोबल आइएमई संयुक्त स्किम, उन्नति माइक्रो फाइनान्स, महिला सहयात्रा माइक्रो फाइनान्स, सिभिल लघुवित्तका लगानीकर्ता रहे।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ६ : ०३ बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका