गर्मीमा फ्रिजको पानी नपिउनुस् : तौल बढाउँछ, मुटुको गति कम गर्छ « Khabarhub

गर्मीमा फ्रिजको पानी नपिउनुस् : तौल बढाउँछ, मुटुको गति कम गर्छ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिजो आज गर्मी निक्कै बढेको छ । बढ्दो गर्मीसँगै हामीले फ्रिजको चिसो खानेकुरा खाने गरेका छौ । क्षणिक अवधिका लागि त यो राम्रो होला तर, स्वास्थ्यका लागि भने गम्भीर असर पर्ने देखिएको छ । त्यसैले चिकित्सकहरुले पनि फ्रिजको चिसो पानी नपिउन सल्लाह दिँदै चिसो पानीले मुटुलाई असर गर्ने तथा अन्य समस्या उत्पन्न हुने बताएका छन् ।

के हुन्छ चिसो पानीले थाहा पाउनुहोस ५ कारण

मुटुमा समस्या
चिसो पानीले मुटुको गति कम पार्छ । जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति नियमित भन्दा कम हुने मुटु विशेषज्ञहरु बताउँछन् । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

घाँटीमा पीडा
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ । त्यसैले घाँटीलाई स्वस्थ राख्न चिसोबाट जोगिनु पर्छ ।

तौल बढाउँछ

खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

शरीरको तापक्रम घटबढ

शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

पाचनमा असर

बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ५३ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने