विक्रमको ‘महसुस’मा आकाश र स्वस्तिमाको रोमान्स ! « Khabarhub

विक्रमको ‘महसुस’मा आकाश र स्वस्तिमाको रोमान्स !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विक्रम धमला र गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘महसुस’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत बजारमा ल्याइएको उक्त भिडियमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । निर्देशक निकेश खड्काको निर्देशनमा बनेको भिडियो निकै राम्रो बनेको छ ।

कुलेखानी लगायत आसपासका क्षेत्रमा खिचिएको भिडियोमा त्यस क्षेत्रका मनोरम दृश्य देख्न पाइनेछ । बुद्व थापाले खिचेको भिडियोमा विकास धमलाले सम्पादन गरेका हुन् ।

‘महसुस’ गीतमा सुरज शाही ठकुरीको शव्द, संगीत तथा एरेञ्ज रहेको छ । यस अघि आहत एल्बमका बजारमा ल्याएका चर्चा बटुलेका विक्रमले दर्जन बढी गीतमा स्वर दिइसकेका छन् ।

पूर्व सुनसरीका विक्रमले कर्मथलो काठमाडौं बनाएर सांगीतिक क्षेत्रमा लागिरहेका छन् । उनको पछिल्लो सार्वजनिक ‘महसुस’ गीतलाई दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । सार्वजनिक भएको एक दिनमै गीतलाई झण्डै एक लाख दर्शकले हेरेका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : १८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२