संसद बैठकमा गुठीको बहस– सांसदहरुले के भने ? | Khabarhub Khabarhub

संसद बैठकमा गुठीको बहस– सांसदहरुले के भने ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले गुठी सम्बन्धी विधेयकको विरोध गरेका छन् । सांसदहरुले गुठीको समस्या समाधान गर्न सरकारसँग आगह गरेका छन् ।

सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा आइतवार सांसद खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दुरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

उनले नेपालको हरेक राजनीतिक परिर्वतनमा उपत्यकाले निर्णायक रोल खेलेको भन्दै सरकार र आन्दोलकारीलाई एकै ठाउमा बोलाएर वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भुमिका खेल्न सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने “अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ । त्यसका बाबजुत पनि हाम्रो कुरा बुझिएन भनेर दुईटैले गाना चाही एउटै गाइरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ । गुठीयारहरु यही गाना गाईरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, मसाल त समात्नै पर्यो जुलुशमा हिड्नै पर्यो भनेर ।”

शुन्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद सत्यनारायण शर्मा खनालले भु माफिया र नेपाली संस्कृति विरोधीको वहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै जनविरोधी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले लोकसेवा आयोगको विभेदकारी विज्ञापन संविधानको मुल्य र मान्यता विपरित भएको भन्दै आगामी दिनमा नवअधिनायकवादीको शैली नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए । उनले विज्ञापन खारेज गरी संविधान अनुसार समानुपातिक समावेशी व्यवस्था अनुसार विज्ञापन गर्न आग्रह गरे ।

सांसद सिता देवी यादवले लोकसेवा आयोगको विज्ञापनलाई सच्याई समावेशी र समानुपातिक बनाएर प्रकाशन गर्न माग गरे । उनले सरकारले आफैले बनाएको संविधान मिच्ने काम गरेको आरोप लगाए ।

बहादुर सिंह लामाले संविधानको वर्खिलापमा रहेकाले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गरे ।

सांसद लक्ष्मी परियाले राष्ट्रिय दलित आयोगको पदाधिकारी चयनमा ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विना कुमारी श्रेष्ठले घरेलु श्रमिकमा श्रम ऐन कार्यान्वयन हुन नसकेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद विन्दा पाण्डेले घरेलु श्रमिकलाई दर्ता गर्ने र न्युनतम पारिश्रमिक र सेवा सुविधा लागु गर्ने काम तुरुन्तै गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद समीना हुसेनले बालविवाह बढ्दै गएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : २५ बजे

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण

थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिक फिर्ता गर्न कम्बोडियाको आग्रह

एजेन्सी– कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको

राप्ती नदीमा १३३ गोही छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३

कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई

परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले