पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको सम्झना « Khabarhub

पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको सम्झना


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–शहीदगेट–बीरअस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो ।

माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अमेरिकी वैज्ञानिक संस्था नासाका प्रमुख र चिनियाँ राष्ट्र«पतिसमेत संस्कृत भाषा अध्ययनका लागि आकर्षित भइरहेका बेला नेपाली विद्यार्थीले लघुताभाषको अनुभव गर्नु नहुने बताए । सन् २०२४ मा नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनका लागि प्रतिष्ठानले पनि सघाउने प्रतिबद्धता उनले जननाए ।

सन् २०१८ मा क्यानडामा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन भएको थियो । सन् २०२१ मा अष्ट्रेलियामा सम्मेलन हुँदैछ । कार्यक्रममा पूर्वसचिव वामनप्रसाद न्यौपाने, इञ्जिनीयर केशव पोखरेल, जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेल, महासचिव नवराज कट्टेल लगायतका वक्ताले संस्कृत भाषाको उन्नयनमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने नेपाल वेद विद्याश्रम गौशाला, दोस्रो हुने कान्ति भैरव गुरुकुल उत्तरवाहिनी, तेस्रो हुने संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र मोक्षदा स्कुल गौरीघाट, सान्त्वना हुने हिन्दू विद्यापीठ थलीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

जहानियाँ राणा शासनको जगजगीका बेला विसं २००४ असार १ गते तीनधारा पाठशाला (संस्कृत छात्रावास) मा अध्ययनरत् विद्यार्थीले आधुनिक विषयसमेत पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

आधुनिक विषय पढ्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई चार भञ्ज्याङ कटाइएपछि आन्दोलन प्रजातन्त्र प्राप्तितर्फ मोडिएको थियो । चार भञ्ज्याङ कटाइएका विद्यार्थीले देशका विभिन्न भागमा राणा शासनको विरुद्ध प्रजातन्त्रका पक्षमा जनमत निर्माण गर्दै हिँडेका थिए । यसले प्रजातन्त्र प्राप्तिमा सहयोग पु¥याएको थियो । आन्दोलनको नेतृत्व पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ५० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा