पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको सम्झना « Khabarhub

पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको सम्झना


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–शहीदगेट–बीरअस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो ।

माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अमेरिकी वैज्ञानिक संस्था नासाका प्रमुख र चिनियाँ राष्ट्र«पतिसमेत संस्कृत भाषा अध्ययनका लागि आकर्षित भइरहेका बेला नेपाली विद्यार्थीले लघुताभाषको अनुभव गर्नु नहुने बताए । सन् २०२४ मा नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनका लागि प्रतिष्ठानले पनि सघाउने प्रतिबद्धता उनले जननाए ।

सन् २०१८ मा क्यानडामा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन भएको थियो । सन् २०२१ मा अष्ट्रेलियामा सम्मेलन हुँदैछ । कार्यक्रममा पूर्वसचिव वामनप्रसाद न्यौपाने, इञ्जिनीयर केशव पोखरेल, जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेल, महासचिव नवराज कट्टेल लगायतका वक्ताले संस्कृत भाषाको उन्नयनमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने नेपाल वेद विद्याश्रम गौशाला, दोस्रो हुने कान्ति भैरव गुरुकुल उत्तरवाहिनी, तेस्रो हुने संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र मोक्षदा स्कुल गौरीघाट, सान्त्वना हुने हिन्दू विद्यापीठ थलीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

जहानियाँ राणा शासनको जगजगीका बेला विसं २००४ असार १ गते तीनधारा पाठशाला (संस्कृत छात्रावास) मा अध्ययनरत् विद्यार्थीले आधुनिक विषयसमेत पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

आधुनिक विषय पढ्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई चार भञ्ज्याङ कटाइएपछि आन्दोलन प्रजातन्त्र प्राप्तितर्फ मोडिएको थियो । चार भञ्ज्याङ कटाइएका विद्यार्थीले देशका विभिन्न भागमा राणा शासनको विरुद्ध प्रजातन्त्रका पक्षमा जनमत निर्माण गर्दै हिँडेका थिए । यसले प्रजातन्त्र प्राप्तिमा सहयोग पु¥याएको थियो । आन्दोलनको नेतृत्व पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ५० बजे

भारतमा उपचाररत क्यान्सर पीडित राईलाई १७ लाख सहयोग

खोटाङ – क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ – सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा

चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ। प्रेमकथामा

२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा विद्युतीय

मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा

काठमाडौँ – मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास