व्यक्तित्वको प्रभाव आवाजमा पनि हुन्छ, कसरी बनाउने दम्दार आवाज ? « Khabarhub

व्यक्तित्वको प्रभाव आवाजमा पनि हुन्छ, कसरी बनाउने दम्दार आवाज ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्व लुवाई खुवाईसँगै बोलीचालीमा पनि विशेष निर्भर रहन्छ । तपाईं आफुलाई भलात्मी र बोल्ड रुपमा प्रस्तुत गर्न चाहनु हुन्छ भने आवाजलाई पनि ध्यान दिनु होला । आवाजले पनि मानिसको व्यक्तित्वलाई प्रभाव पर्दछ ।

तपाईं यदि रेडियोमा उद्घोषक बन्न चाहनु हुन्छ भने वा नयाँ ठाउँमा आफ्नो दबदबा बनाउन चाहनु हुन्छ भने भारी आवाजमा बोल्दा तपाईंका लागि सहयोगी बन्न सक्छ । कसरी आवाजलाई सुमधुर र बोल्ड बनाउने भन्ने विषयमा थुप्रै जानकारी छन् । यद्यपि, केही अध्ययनबाट के कुरा पत्ता लागेको छ भने श्वासलाई नियन्त्रणमा लिन सक्नु र यसमा कर पाउनु उत्तम उपाय देखिएको छ । आवाजलाई सुमधुर र भारी बनाउनका लागि अपनाउन सकिने केही उपायबारे जानकारी राखौँ ।

१. आजावलाई प्रोजेक्ट गर्नु

क) सिसाको अगाडि उभिएर बोल्नुहोस्

सिँधै उभिनुहोस् र आफ्नो बोल्ने बानीको विकास गरिरहनुस् । तपाईं आफ्नो नाम आफैँ उच्चारण गरेर सुन्नुहोस् । यसका साथै तपाई कुनै पनि पुस्तक वा समाचार पत्रको केही पन्ना पढ्ने गर्नुहोस् । आफ्नो आवाजको भोल्युम, टोन, सास तथा विशेष गरी आवाजको पिचमा ध्यान दिनु होला ।

ख) गलालाई आराम दिनुहोस्

तपाईंले सामान्यभन्दा धिमा आवाजमा बोल्ने प्रयास गर्नु भयो भने आवाज बिचमा टुट्ने सम्भावना कम हुन्छ । गलालाई जति आराम दिन सक्नुहुन्छ, त्यति दिनुहोस् । जसले गर्दा तपाईको भोकल कर्डस कसिलो बन्न पाउँदैन ।

ग) वाचनको अभ्यास

आफुलाई मन पर्ने किताब वा लेखको कुनै पन्ना छान्नुहोस् । उक्त पन्नामा लेखिएका वाक्यहरुलाई बिस्तारै धिमा आवाजले पढ्ने प्रयास गर्नुहोस् । यदि तपाईंले छिटो छिटो पढ्नु भयो भने तपाईंले आफ्नो आवाजले शब्दहरुलाई टिप्न नसकेको र कमजोर महसुस गर्नु हुनेछ । पेटबाट श्वास लिँदै पढ्ने अभ्यास गर्नु भयो भने आवाजमा सुधार आउने छ ।

घ) गुनगुनाउने प्रयास गर्नुहोस्

गलाको भित्रबाट गुनगुनाउने अभ्यास गर्नुहोस् । यसो गर्दा तपाईंले ओठलाई खोल्नुहोस् र चिउडोलाई छातीको लेबलमा राखेर आवाजलाई सानो बनाउँदै लैजानुहोस् ।

२. सावधानी अपनाउनुहोस्

  • आवाजलाई तिखो तरिकाबाट जबरजस्ती सफा गर्ने प्रयास नगर्नुहोला । यसले तपाईंको समयसँगै आवाज पनि बिग्रन सक्छ ।
  • तपाईंको आवाजमाथि दबाब हुने खालका आवाज ननिकाल्नु होला ।
  • तपाईंको आवाज चर्को खालको छ भने त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्नुहोस् । अथवा आवाजमा दबाब पर्ने खालको आवाजको प्रयास नगर्नु होला ।
  • यस्तै धेरै चिसो पानी पिउनाले पनि तपाईंको स्वर नली कसिन्छ अर्थात बस्न सक्छ । जसले तपाईंको आवाज बिग्रन सक्छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : २४ बजे

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च