रोहितको शतकमा भारतद्वारा पाकिस्तानलाई ३३७ रनको लक्ष्य « Khabarhub

रोहितको शतकमा भारतद्वारा पाकिस्तानलाई ३३७ रनको लक्ष्य


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३सय३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पूरा खेल खेल्दै ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको हो ।

म्यान्चेस्टरमा भएको वल्र्ड ट्राफोर्डमा भएको खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शमाले शतक प्रहार गर्दा केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक पुरा गरे । जसमा ओपनिङ ब्याट्सम्यान द्वयले १ सय ६३ रनको साझेदारी पारी खेलेका थिए । त्यसै क्रममा सर्वाधिक १ सय ४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरेका थिए भने राहुलले ५७ रन बनाए ।

कप्तान विराट कोहलीले ६५ बलको सामना गर्दै ७ चौको मद्दतमा ७७ रन बनाए भने हार्दीक पाण्ड्याले २६ रन र विजय शंकरले १५ रन बनाए । भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको पाकिस्तानले भारतको पहिलो विकेटका लागि २४ ओभरसम्म कुर्नु पर्यो । पाकिस्तानलाई पहिलो सफलता वाहब रियाजले दिलाए । भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए । यस्तै, हसिम अलि र रियाजले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ५५ बजे

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक