पिसाबको रंगबाट थाहा हुन्छ शरीर भित्रको समस्या | Khabarhub Khabarhub

पिसाबको रंगबाट थाहा हुन्छ शरीर भित्रको समस्या


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पिसाबको रंग शरीरको अवस्था अनुसार फरक फरक हुन्छ । त्यसैले शरीरमा भएको रोगलाई पिसाबको रंगले संकेत गरिरहेको हुन्छ । कस्तो रंगको पिसाबले कस्तो समस्याको संकेत गर्छ हेरौं-

रंगहिन पिसाब

तपाईको पिसाबमा कुनै पनि रंग देखिदैन र पानी जस्तै छ भने तपाईको शरीरलाई आश्यकताभन्दा बढी पानी पीउनु भएको छ । एकैपटक धेरै पानी पिउँदा मिर्गौलाले रगत छान्न पाउँदैन र रगतमा समस्या हुन्छ ।

फिँजयुक्त पिसाब

खानामा प्रोटिनको मात्रा बढी भएमा पिसाबमा फिँज बढी देखिन्छ । तर पिसाबमा नियमित फिँज देखिएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

गाढा पहेंलो वा सुन्तला रंग

गाढा पहेँलो रंगको पिसाब आउनु भनेको शरीरमा पानीको मात्रामा कमि हुनु हो ।

फिक्का गुलाबी

ऐसेलु वा काफल नखाएको अवस्थामा पनि तपाईको पिसाब फिक्का गुलाबी रंगको छ भने तपाईको पिसाबमा रगत आएको हुनसक्छ । फिक्का गुलाबी रंगको पिसाब आउनु मिर्गौला सम्बन्धि समस्याको संकेत हुन सक्छ । यदि फिक्का गुलाबी रंगको पिसाब आएमा तुरुन्त स्वास्थ्यजाँच गराउनुस् ।

हरियो अथवा निलो रंग

हरियो वा निलो रंगको पिसाब आउनु ब्याक्टेरियल इन्फेक्सनको संकेत हुनसक्छ । नियमित औषधि प्रयोग गर्ने व्यक्तिमा पनि हरियो वा निलो रंगको पिसाब आउन सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : ४९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका