के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन् « Khabarhub

के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन्


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महिला गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् ।

कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् ।

कुनै वैज्ञानिक आधारविनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घातक हुन सक्छन् । यहाँ हामी यस्ता केही भ्रम र तिनीहरुको यथार्थ प्रस्तुत गर्दैछौं ।

भ्रमः गर्भावस्थामा उल्टी हुनु एकदमै सामान्य कुरा हो ।

यथार्थः यो सत्य हो कि गर्भावस्थाका प्रारम्भिक दिनहरुमा उल्टी हुनु एकदम सामान्य हो । तर, यसलाई धेरै हल्कारुपमा भने लिनु हुँदैन । लामो समयसम्म उल्टी भइरह्यो भने गर्भवती महिलालाई मात्र होइन, पेटभित्रको बच्चालाई पनि असर गर्न सक्छ । यस्तो अवस्थामा डाक्टरको परामर्श लिनुपर्छ ।

भ्रमः गर्भवती महिलाले नरिवल खाए गोरो बच्चा जन्मिन्छ ।

यथार्थः नरिवल यस्तो फल हो जुन रेशायुक्त हुन्छ । यसको सेवन गर्भाजस्थामा लाभदायक पनि हुन्छ । तर, बच्चा गोरो वा कालो हुनुसँग यसको केही पनि भूमिका हुन सक्दैन ।

भ्रमः गर्भावस्थामा महिलाले दुई गुणा खानुपर्छ ।

यथार्थः गर्भावस्थाका दौरान महिलाको वजन धेरै बढ्यो भने डेलिभरी जटिल हुन सक्छ । यथार्थ के हो भने यस दौरान हरेक महिलालाई केवल ३ सय अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ ।

भ्रमः गर्भवती महिलाले एक्सरसाइज गर्दा बच्चालाई हानी गर्छ ।

यथार्थः यो एकदम गलत धारणा हो । यथार्थ यसको ठिक विपरित छ । डाक्टरहरु भन्छन् कि गर्भावस्थामा कुनै प्रोफेसनलको निगरानीमा नियमित एक्सरसाइज गर्नु राम्रो हुन्छ ।

भ्रमः ३० वर्षभन्दा बढिको हुनुहुन्छ भने गर्भवती हुने सम्भावना क्षीण हुन्छ ।

यथार्थः अहिलेका महिलाहरु आफ्नो करिअरप्रति अत्यन्त सजक छन् । त्यही भएर आमरुपमा उनीहरु ३० वर्षपछि मात्रै आमा बन्न चाहन्छन् । ३० वर्षपछि आमा बन्नु कुनै गाह्रो काम होइन । एग फ्रिजिङ र आइभिएफ प्रविधिले यसलाई झनै सजिलो बनाइदिएको छ ।

भ्रमः यदि सूर्य वा चन्द्र ग्रहणका क्रममा गर्भवती महिलाले कुनै काम गरिन् भने बच्चा अपांग जन्मिन्छ।

यथार्थः यो बिल्कुल फजुल कुरा हो । यसको कुनै पनि बैज्ञानिक आधार छैन।

भ्रमः यदि डेलिभरीपछि पेटमा कुनै कसिलो बेल्ट बाँधियो भने पेट घट्छ ।

यथार्थः यो निराधार हो । यथार्थ के हो भने यदि डेलिभरीपछि महिलाको पेटलाई कसिलो बेल्टले बाँधियो भने रक्तसञ्चारमा बाधा भएर घातकसिद्द हुन सक्छ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ४९ बजे

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक